२०८२ पुष ३०, बुधबार ०७:४१

आज तराईका थोरै ठाउँमा हुस्सु लागेको छ । ती क्षेत्रमा आज दिउँसोसम्म नै हुस्सु तथा कुहिरो रहने सम्भावना छ । दिउँसोपछि क्रमशः हुस्सु/कुहिरो हट्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा बादल लागेको छ । बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा आज हिजोको तुलनामा तापक्रम केही घटेको छ ।

महाशाखाका अनुसार आज बिहान पौने ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान काठमाण्डौको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको थियो । तापक्रम केही घटेसँगै चिसो बढेको छ ।

काठमाण्डौको अधिकतम तापक्रम आज १५ देखि १८ डिग्री सेल्सियसकाबीच रहने महाशाखाको अनुमान छ ।

Comment


Related News

Latest News

Trending News