२०८२ पुष ३०, बुधबार १३:४४

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घाइते भएका छन् ।

सिखियो जिल्लामा भएको दुर्घटनामा घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको त्यहाँको प्रहरीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । बैंककबाट उत्तर–पूर्वी प्रान्त उबोन राचाथानीतर्फ गइरहेको रेललाई काम गरिरहेको क्रेनले ठक्कर दिएपछि केही डब्बा पटरीबाट उछिट्टिएर आगलागीसमेत भएको खबरमा उल्लेख छ ।

राज्य रेल्वे अफ थाइल्याण्डका अनुसार रेलमा १ सय ९५ जना यात्रु थिए । यद्यपि यो संख्या थपघट हुन सक्छ । थाइल्याण्डका उपप्रधानमन्त्री तथा यातायात मन्त्री फिपात राचाकितप्रकर्नले घटनाको कारण पत्ता लगाउन अनुसन्धान गर्न आदेश दिनुभएको छ ।

Comment


Related News

Latest News

Trending News