२०८२ पुष ३०, बुधबार २०:१२

भारतको पश्चिम बङ्गालमा निपाह भाइरस देखिएपछि नेपालको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सतर्कता अपनाउन निर्देशन दिएको छ ।

गएको सोमवार पश्चिम बङ्गालमा रहेको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजको ल्याबमा जाँच गर्दा निपाह भाइरसका दुई शङ्कास्पद घटना पहिचान भएका थिए ।

यो भाइरस अन्य श्वासप्रश्वाससम्बन्धी भाइरसको दाँजोमा धेरै नै प्राणघातक रहेको विज्ञहरूले बताएका छन् । चमेरो र सुँगुरबाट सर्ने यो भाइरस नेपालमा पनि फैलने जोखिम रहेकोले सर्तकता अपनाउन भनिएको छ ।

Comment


Related News

Latest News

Trending News