२०८२ माघ १, बिहीबार १३:५०

नेकपा एमालेले यहि माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित बिशेष जनप्रदर्शन गर्ने भएको छ ।

एमाले बागमती प्रदेश कमिटीले बिहीबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर माघ ४ गते काठमाडौंमा आयोजना गर्न लागेको निर्वाचन केन्द्रित बिशेष जनप्रदर्शनको तयारी पुरा भएको जनाएको छ । काठमाडौंको प्रदर्शनीमार्गबाट सुरु हुने जनप्रदर्शन कमलादीस्थीत प्रज्ञा भवनमा पुगेर सभामा परिणत हुने एमालेका सचिव एवं बागमती प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिनुभयो । सभाबाट एमालेले निर्वाचन केन्द्रीत विशेष कार्यक्रमको घोषणा गरिने उहाले बताउनुभयो । बस्नेतले आफ्नो प्रदेश निर्वाचन केन्द्रित विशेष अभियानमा तीव्रताका साथ लागेको बताउँदै चुनावका लागि आवश्यक वातावरण बनाउन आग्रह गर्नुभयो । उहाले चूनाव भए एमालेले बहुमत ल्याउने र ठूलो दल हुने कुरालाई अव कसैले रोक्न नसक्ने दावी गर्नुभयो । त्यस्तै बस्नेतले कांग्रेसको बिभाजन लोकतन्त्र र परिवर्तनको रक्षा गर्ने कुरामा दुखद भएको बताउनुभयो । कांग्रेसको दुई पक्षमध्ये एक पक्षसंग सहकार्य गर्ने अवस्था आए एमालेले शेर बहादुर देउवा नेतृत्वको कांगे्रससंग सहकार्य गर्ने उहाले बताउनुभयो ।

बस्नेतले एमाले विभाजन गर्न चाहना पूरा नभएपछि कांग्रेस विभाजन गराइएको समेत बताउनुभयो । एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले एमालेले निर्वाचनलाई लोकतान्त्रिक पद्धतिको पुनःस्थापनाका रूपमा लिएको स्पष्ट उल्लेख गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News