२०८२ माघ २, शुक्रबार ११:५९

हिजो घटेको सुनको भाउ आज सामान्य बढेको छ ।

सुन तोलामा ७ सय रुपैयाँले बढेर तोलाको २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो । अस्ति बुधवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको २ लाख ७८ हजार रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।

चाँदी आज तोलामा १ सय ६० रुपैयाँले बढेर तोलाको ५ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ अहिलेसम्मकै उच्च ५ हजार ६ सय ५५ रुपैयाँ थियो ।

Comment


Related News

Latest News

Trending News