२०८२ माघ २, शुक्रबार १८:०९

नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशलाई लोकतन्त्रिक मूल्यामान्यतामा अघि बढाउनुपर्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा राजधानी विशेष कमिटीको घोषणा गर्दै अध्यक्ष ओलीले भाद्र २३ र २४ को घटनापछि मुलुकमा लोकतन्त्र मासिएको भन्दै यसलाई पुर्नबहाली गर्दै देशलाई लोकतन्त्रिक मूल्यामान्यतामा अघि बढाउनुपर्ने बताउनुभएको हो ।

उहाले ठूला त्याग गरेर ल्याएको लोकतन्त्रलाई जलाएर आफै नायक हुँ भन्दै केहि मान्छे बाहिर निस्केको जिकिर गर्नुभयो । अहिलेको अवस्थामा एकजुट भएर पार्टीलाई अघि बढाउनुपर्नेमा उहाले जोड दिनुभयो । ओलीले अहिले एमालेको प्रतिपर्धी कोहि नरहेको भन्दै निर्वाचनमा एमालेले नजित्ने ठाँउ कहि नरहेको धारणा राख्नुभयो । देश बनाउने क्षमता भएको पार्टी एमाले बाहेक अरु कोहि नरहेको उहाले बताउनुभयो । उहाले देशमा शासन गर्नेहरुले तमाशा गरेको भन्दै त्यसले भविष्यलाई समेत असर गर्ने जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले अहिले जनताले राज्य भएको अनुभूति गर्न नसकेको समेत बताउनुभयो । एमालेको संशोधित विधानअनुसार गठित राजधानी विशेष कमिटीको घोषणा गरिएको हो ।

Comment


Related News

Latest News

Trending News