२०८२ माघ २, शुक्रबार १९:२१

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका सहीद परिवारसंग भएको सहमति पूर्ण रुपमा कार्यान्वयन हुने स्पष्ट पार्नुभएको छ ।

शुक्रबार सिंहदरबारमा जेनजी आन्दोलनका सहीद परिवारसंगसंगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले यसअघि भएको सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेकाले कुनै आशंका नगर्न आग्रह समेत गर्नुभयो । त्यस्तै उहाले सहीद परिवारसंगसंगको भेटमा सहभागी भएका सरकारका मन्त्री र मातहतका निकायलाई सहीद परिवारसंग भएको सहमति अनुसार बाँकी कार्य पुरा गर्न निर्देशन समेत दिनुभएको थियो ।

प्रधानमन्त्री कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको म्याण्डेड अनुसार निर्माण भएकाले उनीहरुका बिषयलाई सरकारले सदैव प्राथमिकतामा राख्ने बताउनुभएको थियो ।

Comment


Related News

Latest News

Trending News