२०८२ माघ ३, शनिबार १४:५१

नेपाली कांग्रेसले पार्टीमा एकता र सद्भाव कायम राख्दै नयाँ उचाइमा पुराउन देशभरका नेता तथा कार्यकर्तालाई अपील गर्ने निर्णय गरेको छ ।

शनिबार काठमाडौंमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीभित्रको एकता, आपसी सद्भाव र सहकार्यबाटै निर्वाचन लगाएतका चूनौतिहरु सामना गर्न सकिने भन्दै पार्टीमा एकता र सद्भाव कायम राख्दै नयाँ उचाइमा पुराउन देशभरका नेता तथा कार्यकर्तालाई अपील गर्ने निर्णय गरेको प्रवक्ता प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

बैठकले निवर्तमान सभापति शेर बहादुर देउवाले पार्टीलाई पुराउनुभएको योगदान र दिनुभएको नेतृत्वको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय गरेको उहाले बताउनुभयो । आगामी दिनमा पनि पार्टीमा निवर्तमान सभापति देउवा लगाएत अग्रज नेताहरुको अभिभावकत्व रहिरहने बैठकको विश्वास रहेको प्रवक्ता चालिसेले बताउनुभयो ।

त्यस्तै बैठकले अहिलेको अवस्थामा पार्टीलाई बलियो बनाउन निवर्तमान केन्द्रीय कार्यसमिति र अग्रज नेताहरुले आफ्नो तर्फबाट महत्वपूर्ण योगदान पुराउने विश्वास व्यक्त गरेको प्रवक्ता चालिसेले जानकारी दिनुभयो ।

उहाले अव पार्टी सम्पूर्ण रुपमा निर्वाचन केन्द्रीत गतिविधिमा केन्द्रीत हुने भन्दै टिकट बितरणका लागि संसदीय बोर्डमार्फत काम अघि बढाउने उल्लेख गर्नुभयो । चालिसेले पार्टीको विधान र संविधान अनुसार नै पार्टीले आधिकारिता प्राप्त गरेकाले भिन्न मत राख्न जरुरी नरहेको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News