२०८२ माघ ४, आईतवार ११:१३

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले रौतहट जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ। शनिबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकले जिल्लाका चारै क्षेत्रमा उम्मेदवारको नाम औपचारिक रूपमा अनुमोदन गरेको हो।

केन्द्रीय निर्णयअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट अजय कुमार गुप्ता, क्षेत्र नम्बर २ बाट शैलेन्द्र कुमार साह, क्षेत्र नम्बर ३ बाट कुन्दन कुशवाहा र क्षेत्र नम्बर ४ बाट रामजी साह सोनार एमालेका उम्मेदवार बन्ने भएका छन्।

पार्टी स्रोतका अनुसार जिल्लामा संगठनलाई थप सुदृढ बनाउँदै निर्वाचनमा प्रभावकारी उपस्थिति जनाउने रणनीतिअनुरूप उम्मेदवार छनोट गरिएको हो। स्थानीय संगठनको सिफारिस, जनआधार, राजनीतिक सक्रियता र पार्टीप्रतिको निष्ठालाई मुख्य मापदण्ड बनाएर उम्मेदवार तय गरिएको एमालेले जनाएको छ।

उम्मेदवार तय भएसँगै रौतहटमा एमालेको चुनावी सरगर्मी बढ्ने देखिएको छ। पार्टीले छिट्टै निर्वाचन परिचालन समिति गठन गर्ने, चुनावी कार्यक्रम सार्वजनिक गर्ने र घरदैलो अभियानलाई तीव्र बनाउने तयारी थालेको जनाएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार रौतहटमा यसपटकको निर्वाचन बहुपक्षीय र कडा प्रतिस्पर्धात्मक हुने संकेत देखिएको छ। एमालेको उम्मेदवार चयनसँगै अन्य दलहरू पनि उम्मेदवार घोषणामा सक्रिय हुने अपेक्षा गरिएको छ।

Comment


Related News

Latest News

Trending News