२०८२ माघ ४, आईतवार ११:२०

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ। शुक्रबार प्रतितोला सात सय रूपैयाँ बढेको सुनको भाउ आइतबार प्रतितोला ६ सय रूपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार आठ सय रूपैयाँ पुगेको छ।  शुक्रबार सुन प्रतितोला दुई लाख ७७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य भने घटेको छ।  शुक्रबार तोलामा पाँच हजार ६ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच हजार ६ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार पाँच सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Comment

Related News

Latest News

Trending News