२०८२ माघ ४, आईतवार ११:२६
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आज राजीनामा दिँदैछन्। आज राजीनामा दिएर उनी दिउँसो २ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी बैठकमा सहभागी हुँदैछन्।
फागुन २१ मा तय भएको प्रतिनधिसभा सदस्य निर्वाचनका लागि बालेन झापा-५ बाट उम्मेदवार बन्ने चर्चा छ। उनले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने चर्चा चले पनि यसको टुंगो भने लागेको छैन। आजको बैठकले बालेनसहित अन्य उम्मेदवारको टुंगो लगाउनेछ।
बालेन भोलि माघ ५ गते जनकपुरमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्। उनीसँगै रास्वपाका सभापति रवि लामिछाने र अन्य केही नेताहरू पुग्ने जनाइएको छ।
त्यसपछि, उनी पर्सी झापा प्रस्थान गर्नेछन्।


