२०८२ माघ ४, आईतवार १४:४५

पार्टीको आधिकारिताका बिषयमा निर्वाचन आयोगले गरेको निर्णय मान्य नहुने भन्दै नेपाली कांग्रेस देउवा समूहले काठमाडौंमा प्रदर्शन गरेको छ ।

निर्वाचन आयोगको कदम असंवैधानिक र अवैधानिक भएको भन्दै कांग्रेस देउवा समूहका भातृ तथा शुभेच्छेक संस्थाहरुले आइतबार काठमाडौंको माइतिघरमा खवरदारी स्वरुप प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले असंवैधानिक निर्णय फिर्ता गर, विधिको शासन कायम गर, पक्षपातपूर्ण निर्णय मान्दैनौ, गल्त सच्याउ लोकतन्त्र बचाउन लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

आयोगले पार्टीको विधानका साथै संविधान बिपरित एकपक्षीय ढंगले कांग्रेस बिभाजन गर्ने षडयन्त्रका साथ आधिकारिकताका निर्णय गरेको उनीहरुको आरोप छ ।

आयोगले आफ्नो निर्णय नसच्चाए कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

Comment


Related News

Latest News

Trending News