२०८२ माघ ४, आईतवार १८:५३

आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।

निर्वाचन आयोगको आज बसेको बैठकले याे निर्णय गरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । चुनावमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरि आयोगले आचारसंहिता लागू गरेको उहाँले बताउनुभयो ।

आचारसंहिताबारे आजै आयोगका पदाधिकारीहरूले मन्त्रिपरिषद्का सदस्य र उच्चपदस्थ सरकारी कर्मचारीलाई जानकारी गराउने कार्यक्रम छ ।

Comment

Related News

Latest News

Trending News