२०८२ माघ ४, आईतवार १६:२७

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) ले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज दिउँसो उपमेयर सुनिता डङ्गोलसमक्ष राजीनामा बुझाउनुभएको हो ।

आउँदो प्रतिनिधिसभा सदस्य चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने भएपछि शाहले राजीनामा दिनुभएको हो । नेपालको संविधान २०७२ स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाण्डौ महानगरपालिकाको प्रचलित कानूनी व्यवस्था बमोजिम आजैदेखि लागू हुने गरि स्वेच्छाले राजीनामा पेश गरेको पत्रमा भनिएको छ ।

बालेन शाह आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय वनस्थली पुग्नुभएको छ । कार्यालय प्रवेशका क्रममा उहाँलाई रास्वपाका नेता/कार्यकर्ताले स्वागत गरेका छन् ।

बालेन शाह आउँदो प्रतिनिधिसभा सदस्य चुनावमा प्रतिस्पर्धा तयारीमा हुनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News