२०८२ माघ ५, सोमबार ०७:४२

अघिल्लो निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीबाट सीके राउत र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लडेका थिए । तर अध्यक्ष यादव भने राउतसंग नराम्ररी पराजित हुन पुगे । मधेशको स्थापित दल जसपा नेपालका अध्यक्ष यादव र वैकल्पिक भनिएको जनमतका अध्यक्ष राउत आमनेसामने थिए । तर निर्वाचनमा राउतले यादवलाई भने भारी मतान्तरले पराजित गरेका थिए । प्रतिनिधिसभा विघटन भएपछि हुन लागेको निर्वाचनको क्रममा सप्तरी क्षेत्र नम्बर २ धेरैका लागि चासो बनेको छ ।

तर यसपटक यादव र राउत भने एकअर्काबीच प्रतिस्पर्धा नगर्ने भएका छन् । उनीहरूको दल संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध भएकाले चुनावी तालमेल हुने सहमति भनिए पनि अहिलेसम्म भने हुन सकेको छैन । तर यसपटक भने राउत उक्त क्षेत्रबाट दोहोरिँदा यादव भने अन्यत्रै क्षेत्रको खोजीमा जुटेका छन् ।

सप्तरी–२ मा राउत दोहोरिने संकेत दिएपछि भने यादव कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने गोप्य राखिएको एकजना स्रोतले जनाए । डा. राउतको सचिवालयले जनाए अनुसार सप्तरी–२ बाट चुनाव लड्नका लागि तयारी गरे पनि मोर्चाले कुनै निर्णय गरेको छैन ।

Comment


Related News

Latest News

Trending News