राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले देशका लागि आवश्यक व्यक्ति र पार्टीलाई चुन्ने सहि समय आएको बताउनुभएको छ ।
रास्वपाले सोमबार जनकपुरमा आयोजना गरेको चूनावी सभालाई सम्बोधन गर्दै शाहले देशका लागि काम गरेर देखाउने मान्छेको खाँचो रहेको भन्दै अहिले देशका लागि आवश्यक व्यक्ति र पार्टीलाई चुन्ने सहि समय आएको बताउनुभएको हो ।
उहाले काठमाडौं महानगरको प्रमुखको जिम्मेवारीमा रहदा आफुले धेरै काम गरेको भन्दै अव मधेश र देशका लागि काम गर्ने बताउनुभयो । मधेशको छोरालाई प्रधानमन्त्री बनाउनका लागि घण्टीमा मत दिन उहाले आग्रह गर्नुभयो ।
त्यस्तै शाहले मुलुक संघीयतामा गइसकेपछि प्रदेश सरकारलाई अधिकारबिहीन बनाइको उल्लेख गर्नुभयो । प्रदेशभित्रको अधिकार माग गर्न काठमाडौं जानुपर्ने बाध्यतालाई अन्त्य गर्नुपर्ने उहाको भनाइ छ ।
आगामी चूनावमा उम्मेद्वार बन्नका लागि शाहले आइतबार नै काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिनुभएको थियो । त्यसपछि शाह पहिलोपटक चूनावी सभामा सहभागी हुनुभएको हो ।


