२०८२ माघ ६, मंगलवार ०८:०४

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टिकट वितरणमा चलखेल भएको भन्दै नेता तथा कार्यकर्ताहरूले नारावाजीसहित विरोध प्रदर्शन गरेका छन् ।

जनकपुरधामस्थित एक होटेलबाट उम्मेदवारीको नाम टुंगो लगाउनका लागि पार्टी शीर्षनेता, मधेश प्रदेश र जिल्लाका प्रतिनिधिसहितको बसेको बैठकमा विघटित प्रतिनिधिसभाका सदस्य अमरेश नारायण सिंहको उम्मेदवारीको विषयमा नेता तथा कार्यकर्ताहरुले नै असन्तुष्टि जनाउँदै चर्को विरोध गरेका छन् ।

नवप्रवेशी सिंहलाई सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारको टिकट दिएपछि बैठकस्थलमा उनीविरुद्ध नेता तथा कार्यकर्ताहरुले नाराबाजी गर्दै पार्टी छोड्न चेतावनी दिएका छन् । पार्टी अध्यक्ष रवि लामिछानेले टिकट बेच्न लागेको आरोप लगाउंदै पार्टी विरुद्ध समेत उनीहरुले नाराबाजी गरेका छन् । उनीहरुले रास्वपामा धाँधली चल्दैन, टिकट बेच्न पाइँदैन भन्ने जस्ता नारावाजी गरे ।

सभापति लामिछाने र वरिष्ठ नेता बालेन साहको उपस्थितिमा टिकट वितरण भइरहेको क्रममा विरोधमा उत्रेका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

Comment


Related News

Latest News

Trending News