निकै तामझाका साथ मधेशलाई केन्द्रविन्दु बनाई जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टीको परिवर्तनका लागि उद्घोष कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा अधिकांश सहभागी जेनजी पुस्ताका देखिए । तिनीहरु रास्वपा भन्दा पनि पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई हेर्न पुगेका थिए । तिनीहरुको मुखमा रास्वपा वा तिनकै चुनाव चिन्ह घण्टाभन्दा पनि बालेन, बालेनको नारा देखियो । रास्वपाको कार्यक्रममा जेनजी पुस्ताका युवाहरुको देखिएको उत्साह बालेनको पोपुलरिटीले गर्दा रहेको न कि रास्वपाले अघि बढाएको मुद्दाका रहेको लोकतन्त्र र संघीयाका पक्षधर दलहरुले प्रतिक्रिया दिएका छ्न् । उनीहरुले बालेनको अनुहार अगाडि सारेर पनि आउंदै निर्वाचनमा केही असर पार्न नसक्ने दाबी गरेका छन् ।
नेकपा एमालेका मधेश प्रदेश सभा प्रमुख सचेतक हरिनारायण यादवले भने निर्वाचन र भोजमा हुवाँहुवाँ गर्ने सबैको अधिकार हुन्छ । रावस्पाले गरेको कार्यक्रमबाट चुनावमा असर पार्ला जस्तो मलाई लाग्दैन भने । उनले भने निर्वाचन, खेल र युद्धको मैदानमा भाग लिने सबैको अधिकार हुन्छ । भाग लिने सबैलाई जित्छु भन्ने आत्मबल सबैको हुन्छ, सबैले आ आफ्ना रणनीति चाल्छन् । तर हारजीत कसेको हुन्छ, त्यो त समयले बताउंछन । यसमा रास्वपाले पनि खलेको मधेशी अनुहार बालेन कार्डले मधेशमा संगठन बनाउन काम लाग्न सक्छ तर चुनाव जित्न काम गर्दैन । मधेशमा बालेनलाई अघि सारेर रास्वपाले खेलेको मधेशी कार्डले निर्वाचनमा कतिको काम गर्छ भन्ने कुरा त विगतमा मधेशी दलप्रति उम्रेको भीड र हालको अवस्थाले देखाउंछ । आउने बेलामा नयाँ नयाँ मुद्दा लिएर सबै आउंछ, तर काम गर्ने बेला सत्तामा पुगेपछि काम गर्दैनन् पछि पदबाट हटेपछि विभिन्न मुद्दा बढाउने गरेको मधेशी जनताले हेरिसकेको छ । अब यो बालेन कार्ड रास्वपाको मधेशमा काम गर्दैन ।
जसपा नेपालका नेता परमेश्वर साहले भने रास्वपाको कार्यक्रममा देखिएको आज युवाहरुको भीडभन्दा बढी त यो भन्दा अघि मधेश आन्दोलनपछि भएका सभाहरुमा देखिएको थियो । तर के भयो, आज सोही अवस्था रास्वपामा देखिएको छ । रास्वपाको संगठन र प्रभावशाली उम्मेदवार नभएकाले प्रत्यक्षतर्फ केही असर पार्दैन । तर समानुपातिकतर्फ चाहिं केही झुकाव यहाँको जनतामा हुन सक्छ । आज मधेशीको अधिकारको कुरा गर्ने रास्वपा अध्यक्ष रवि लामिछाने गृहमन्त्री र उपप्रधानमन्त्री हुँदा खेरी मधेशीको लागि कतिको काम गरेको छ भन्ने कुरा यहाँका मधेशी जनताहरु बुझिरहेका छन् । संघीयताको दुहाई आजको कार्यक्रममा दिएको रास्वपाले मधेश आएको संघीयताको विपक्षमा सधैं खडा रहेको भन्ने कुरा त पछिल्लो पटक देखाइसकेको छ भन्ने कुरा पनि मधेशी जनता बुझिरहेकाले झुक्ने वाला छैन ।
त्यस्तै नेपाली कांग्रेसका नेता जीवनाथ चौधरीले रास्वपाले मधेशी अनुहार देखाएर मधेशी जनतालाई ठग्न प्रयास गरेको प्रतिक्रिया दिएका छन् । उनले भने रास्वपाको विधानमा कतै मधेशी शब्द उल्लेख गरिएको छैन, पार्टी अध्यक्ष रवि लामिछाने सहकारी ठगी लगायतका घटनाले पार्टी डुब्न लागेको देखेर मधेशी अनुहारलाई अगाडि बढाएर मधेशमा स्पेश लिन खोजिरहेको छ, यसले निर्वाचनमा केही असर पार्न सक्दैन । सभामा देखिएको युवाहरुको भीडले रास्वपाप्रति झुकाव देखिएको बारे नेता चौधरीले भने यो अवस्था यथास्थिति दलहरुले विगतमा गरेको गलती र बालेनको पोपुलरिटीले देखा परेको हो । चुनाव भीडले होइन, संगठन र मुद्दा तथा गरेको विकासका कामले जिताउंछ । विगतमा रास्वपाले मधेशी जनताप्रति कतिको क्रुर थियो र नेपाली जनताको सहकारी मार्फत रुपैया अपचलन गरेको घटनाले उनको नियत प्रष्ट रहेको मधेशी जनताले बुझिएको उनले भने ।
नेकपाका नेतृ एवं प्रदेश सांसद शारदा देवी पहाडीले रास्वपाले जुन पनि कार्ड निर्वाचनमा खेल्ने प्रयास गरोस तर काम काम गर्दैन । सधैं संघीयताको विरोध र प्रदेश खारेज गर्ने माग गर्दै आएका रास्वपालाई मधेश प्रदेशप्रति कसरी भावना जाग्यो भने कुरा मधेशी जनता बुझिरहेका छन् । जनताले मत संघीयता ल्याउने र लोकतन्त्र रक्षा गर्ने दललाई दिनेछ न कि संघीयता विरोधीलाई, यसले प्रष्ट देखिन्छ कि आउंदो निर्वाचनमा रास्वपाले खासै प्रभाव पार्न सक्दैन । जनकपुरधाममा आयोजित सभामा देखिएको युवाहरुको भीड र बालेनप्रतिको क्रेजले मधेशमा राम्रै सीट ल्याउनेछ भन्ने आंकलन उनीहरुको रहेको छ । रास्वपाका रैपिड टीम प्रदेश विभाग प्रमुख अम्भु साहले आउंदो निर्वाचनमा रास्वपाले मधेशमा राम्रो सीट ल्याई दुई तिहाईको बहुमतले बालेन प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।


