२५औँ सशस्त्र प्रहरी दिवस–२०८२ को अवसरमा सञ्चालन भइरहेको सशस्त्र प्रहरी बल नेपालको पूर्व–पश्चिम झण्डा मार्च टोली रौतहट हुँदै बारा प्रस्थान गरेको छ। सोमबार साँझ रौतहटबाट बारा प्रवेश गर्दै टोलीले आफ्नो यात्रा अगाडि बढाएको हो।
पूर्वी सीमा झापाबाट गत पुस २० गते सुरु भएको झण्डा मार्च टोली आइतबार साँझ रौतहट पुगेको थियो। बौधिमाई नगरपालिका–७ बडाबंकुलस्थित अरुवा खोलानजिक भारततर्फ पूर्वी चम्पारणको झरौखर ग्राम पञ्चायत–५ अन्तर्गत पर्ने सानो सीमा स्तम्भ नं। ३५६र३ नजिक विशेष कार्यक्रम आयोजना गरी झण्डा हस्तान्तरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं। ११ गण हे।क्वा। रौतहटका प्रमुख एसपी रामहरि अधिकारी नेतृत्वको टोलीले ल्याएको नेपालको राष्ट्रिय झण्डा तथा सशस्त्र प्रहरी बल नेपालको झण्डा नं। १२ गण हे।क्वा। बाराका प्रमुख एसपी खुमबहादुर के।सी। नेतृत्वको टोलीलाई औपचारिक रूपमा जिम्मा लगाइएको हो।
कार्यक्रममा बौधिमाई नगरपालिकाका मेयर प्रदीपकुमार यादव, उपमेयर प्रमिला देवी, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्की, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक कुमार बुढाथोकी, सिमौनगढ नगरपालिकाका मेयर किशोरी प्रसाद कलवार, सीमा सुरक्षा गुल्म हे।क्वा। गौरका डिएसपी प्रेम सागर बिष्ट, पिपरपाती बाराका गुल्मपति डिएसपी नबिन अधिकारी तथा भारतीय समकक्षी सशस्त्र सीमा सुरक्षा बल ९एसएसबी० नं। ७१ बटालियन एफ कम्पनीका असिस्टेन्ट कमाण्डर ट्चोस्गियल नेतृत्वको टोलीको उपस्थिति रहेको थियो।
यसैगरी सिमौनगढ नगरपालिका वडा नं। ६, ७, ८ र ९ का वडा अध्यक्ष, स्थानीय भद्रभलाद्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र सर्वसाधारण कार्यक्रममा सहभागी थिए।
सशस्त्र प्रहरी बलका अनुसार झण्डा मार्च टोलीले नेपाल–भारत सीमा क्षेत्रमा पैदल मार्च गर्दै माघ ११ गते पर्सा जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल बीओपी ठोरी पुगेर कार्यक्रमको औपचारिक समापन गर्नेछ।


