फागनु २१ गत्ते हुने प्रतिनिधिसभा निर्वाचनको लागि आज देशभरि मनोनयन दर्ता गरिएको छ । यसै क्रममा मधेशी दल तथा नेताहरुको मुख्य केन्द्र धनुषामा हर्षोलासका साथ मनोनयन दर्ता भएको छ ।
नेपाली कांग्रेसको नेता बिमलेन्द्र निधिले धनुषाको क्षेत्र नं. ३ बाट मनोनयन दर्ता गराएका छन् । त्यस्तै, नेकपा एमालेका नेतृ जुली महासेठले पनि क्षेत्र नं. ३ बाटै मनोनयन दर्ता गराएकी छन् । यता, रास्वपाका नेता मनिस झाले पनि धनुषा क्षेत्र नं. ३ बाटै मनोनय दर्ता गराएका छन् ।
धनुषा क्षेत्र नं.३ मा जसपा नेपालको तर्फबाट परमेश्वर साहले मनोनयन दर्ता गराएका छन् । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट राम ललित मण्डलले मनोनयन दर्ता गराएका छन् । श्रम संस्कृति पार्टीबाट सद्दाम हुसैनले मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय मुक्ति पार्टिबाट राजिव झाले मनोनयन दर्ता गराएका छन् ।
मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय भित्र प्रवेश गरिसकेका अन्य दल र स्वतन्त्रका उम्मेदवारहरुको मनोनयन दर्ता अहिले भइरहेको छ ।


