२०८२ माघ ६, मंगलवार १७:५६
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर लिङ्देनले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा ३ बाट उम्मेदवारी दर्ता गर्नुभएको हो , उम्मेदवारी दर्तापछि लिङ्देनले यस क्षेत्रबाट एक साथ सांसद मात्रै नभइ मुलुकको बैचारिक धारको नेतृत्व गर्ने अवसर जनताले दिने विश्वास व्यक्त गर्नुभयो । उहाले अहिले बिभिन्न अग्निपरिक्षा र जनताको नजरमा खरो सावित भएको भन्दै आम मतदाताले साझा उम्मेदवारको रुपमा बिजयी गराउने विश्वास व्यक्त गर्नुभयो ।
लिङ्देन अघिल्लो निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।


