जनता समाजवादी पार्टी, नेपालका तर्फबाट डा. सुरेन्द्र कुमार यादवले प्रतिनिधि सभा सदस्य उम्मेदवारका रूपमा महोत्तरी निर्वाचन क्षेत्र नं. ४ बाट मनोनयन दर्ता गराएका छन्।
निर्वाचन अधिकृतको कार्यालय पुगेर डा. यादवले आफ्नो मनोनयन दर्ता गराएका हुन्। मनोनयन दर्ताका क्रममा जसपा नेपालका नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति थियो।
मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै डा. यादवले मधेशका मुद्दा, सामाजिक न्याय, सुशासन र समावेशी विकासलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाउने बताए। उनले जनताको अधिकार र समृद्धिका लागि संसदमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।
महोत्तरी क्षेत्र नं. ४ मा यसअघि पनि प्रतिस्पर्धात्मक राजनीति हुँदै आएको छ। गत निर्वाचनमा नेपाली कांगे्रसका महेन्द्र कुमार रायबाट पराजित भएका थिए । काँग्रेसका यादवले २५ हजार ४ सय ४८ मत ल्याउँदा जसपा नेपालका डा यादवलले २१ हजार ३ सय ३१ मत प्राप्त गरेका थिए ।


