मधेश प्रदेश सभाका ४ जना सांसदले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन् । जसमध्ये एक पुर्व सभामुख, एक पूर्वमुख्यमन्त्री र अन्य पुर्वमन्त्रीहरू छन् ।
उम्मेदवारी दिने सांसदहरुमा रामचन्द्र मण्डल, सतिश सिंह, भरत साह र रहबार अन्सारी हुन । एकल सिफारिस भएका एमालेका सांसदद्वय सरोज यादव, प्रमोद जयसवाल र कांग्रेसका विरेन्द्र सिंह अन्तिममा आएर ब्याक भएका छन् ।
यादव पूर्व मुख्यमन्त्री, जयसवाल पूर्व खेलकुद मन्त्री र सिंह पूर्व स्वास्थ्य मन्त्री हुन् । पुर्व सभामुख रहेका मण्डल एमालेबाट धनुषा १ मा, पुर्व मुख्यमन्त्री रहेका सिंह स्वाभिमान पार्टी सप्तरी नम्बर २ बाट, पुर्व अर्थमन्त्री रहेका साह महोतरी क्षेत्र नं. ४ मा नेकपाबाट र पुर्व राज्यमन्त्री अन्सारी रास्वपाबाट बारा ४ मा उम्मेदवारी दिएका छन् ।
पुर्व सभामुख मण्डल धनुषा १ (ख), पुर्वमुख्यमन्त्री सिंह सप्तरी २ (क), पुर्वमन्त्री साह महोत्तरी १ (क), पुर्व मन्त्री जयसवाल पर्सा ३ (क), पुर्वराज्यमन्त्री अन्सारी पर्सा १ (क) बाट चुनाव जितेका थिए ।
एमालेबाट एकल सिफारिस भएका महोत्तरी क्षेत्र नं. ४ बाट पूर्व मुख्यमन्त्री सारोज यादव, बारा क्षेत्र नं. ४ बाट पूर्व खेलकुद मन्त्री प्रमोद जयसवाल र सर्लाही क्षेत्र नं. ४ बाट कांग्रेसका विरेन्द्र सिंह अन्तिम समयमा आएर ब्याक भएका छन् ।
यादवको ठाउँमा निलम अधिकारी, जयसवालको ठाउँमा कृष्णकुमार श्रेष्ठ (निसान) र सिंहको ठाउँमा पार्टी सभापति गगन थापा उम्मेदवार भएका छन् । श्रोतका अनुसार टिकटका लागि निकै रस्साकस्सी गरेका थिए तर जीत सुनिश्चित नदेखेपछि दिउंसो १ बजेतिर एमालेका यादव र जयसवालले आफै ब्याक भएका थिए ।
सिंहको ठाउँमा पार्टी सभापति गगन थापा आफै उम्मेदवार बन्ने भएपछि उनी ब्याक भएका थिए ।


