२०८२ माघ ८, बिहीबार ०८:३३

मधेश प्रदेश सभाले मनाउन लागेको ८ औं वार्षिकोत्सव आयोजना मूल समारोह समितिका संयोजक तथा विभिन्न उपसमितिका संयोजकहरूबीच संयुक्त बैठक सम्पन्न भएको छ ।

बैठकमा आठौँ वार्षिकोत्सव कार्यक्रमको तयारी, व्यवस्थापन र समन्वयका विविध पक्षमा विस्तृत छलफल गरिएको हो । कार्यक्रमलाई गरिमामय, समावेशी र प्रदेश सभाको गरिमालाई झल्काउने ढंगले सम्पन्न गर्ने विषयमा सहभागीहरूले आ–आफ्ना सुझाव प्रस्तुत गरेका थिए ।

बैठकमा बोल्दै सभामुख रामअशिष यादवले मधेश प्रदेश सभाको आठौँ वार्षिकोत्सव औपचारिक कार्यक्रम मात्र नभई संघीय लोकतान्त्रिक अभ्यास, विधायिकी सुदृढीकरण र प्रदेश सभाको उपलब्धि जनतासामु प्रस्तुत गर्ने महत्वपूर्ण अवसर भएको बताए । उनले भने, ‘वार्षिकोत्सवले प्रदेश सभाको भूमिका, जिम्मेवारी र उपलब्धिलाई जनतासम्म पु¥याउनुपर्छ ।

त्यसका लागि सबै उपसमितिबीच प्रभावकारी समन्वय आवश्यक छ ।’ सभामुखले कार्यक्रमको तयारीमा समय व्यवस्थापन, अतिथिहरूको समुचित व्यवस्थापन, प्रचारप्रसार र सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन निर्देशन दिए । साथै, सबै उपसमितिलाई तोकिएको जिम्मेवारी समयमै पूरा गर्न आग्रह गर्दै सफल आयोजनाका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताए ।

बैठकमा सहभागी संयोजकहरूले सभामुखको निर्देशनअनुसार आ–आफ्नो क्षेत्रबाट आवश्यक तयारीलाई तीव्र बनाउने प्रतिबद्धता जनाएका छन् ।

Comment


Related News