२०८२ माघ ८, बिहीबार १६:३२

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार सानेपामा बस्दैछ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भोलि दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले पदभार ग्रहण गर्ने तयारी रहेको केन्द्रीय सदस्य डिला संग्रौला जानकारी दिइन्।

गत पुस ३० गते भएको विशेष महाधिवेशनमा गगन थापा नेतृत्वको नयाँ कार्यसमिति निर्वाचित भएको थियो। तर, सभापति गगन थापाले पहिलो र दोस्रो कार्यसमितिको बैठक तथा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोट गर्ने संसदीय बोर्डको बैठक होटलमै सञ्चालन गरेका थिए। अबको बैठक भने सानेपास्थित पार्टी कार्यालयमै बस्ने तय भएको हो।

बैठकमा सभापति गगन थापालाई औपचारिक रुपमा प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने तयारी रहेको जनाइएको छ।

यता, पूर्वसभापति शेरबहादुर देउपा पक्ष भने आधिकारिकता दाबी गर्दै सर्वोच्च पुगेको छ।

Comment


Related News

Latest News

Trending News