२०८२ माघ ८, बिहीबार २१:३४

जिल्ला प्रशासन कार्यालय धनुषाले सरस्वती पूजाका नाममा विकृति नफैलाउन आग्रह गरेको छ।

बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले सूचना जारी गर्दै सरस्वती पूजाको नाममा समाजमा विशुद्ध सांस्कृतिक कार्यक्रमबाहेक विकृति फैलाउने कुनै पनि गतिविधि नगर्न तथा नगराउन आग्रह गरेकाे हो।

सूचनामा डिजेमा भाेजपुरी गीत बजाई मादक तथा नशालु पदार्थ सेवन गरी नाचगान गर्ने, कसैको इच्छा विपरीत जबरजस्ती अबिर लगाउने तथा हैरानी गर्ने जस्ता अवाञ्छित क्रियाकलाप नगर्न आग्रह गरिएको छ ।

यस्ता किसिमका क्रियाकलाप गरिएको पाइएमा कारबाही हुने समेत जारी सूचनामा उल्लेख गरिएको छ ।

सरस्वती पूजा शुक्रबार मनाइँदैछ ।

Comment

Related News

Latest News

Trending News