२०८२ माघ ९, शुक्रबार १४:१०

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गर्नुभएको हो । उहाँलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेलगायतले अभिभावक बनेर सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो । सबै पक्षबाट प्राप्त सुझाव तथा आग्रहअनुसार आफूले उम्मेदवारी फिर्ता लिएको भट्टराईले बताउनुभएको छ ।

गोरखा–२ मा नेपालीका कांग्रेसका प्रकाशचन्द्र दवाडी, एमालेका मिलन गुरुङ (चक्रे मिलन ), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट लेखनाथ न्यौपाने, रास्वपाबाट महामन्त्री कविन्द्र बुर्लाकोटीलगायत उम्मेदवार हुनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News