२०८२ माघ १०, शनिबार ०७:४९

चुनावी अभियानको क्रममा नेपाली कांग्रेसले जनकपुरधाममा माघ १६ गते मधेश सभा गर्ने भएको छ ।

कांग्रेस मधेश प्रदेश कार्यसमितिलाई परिचालन गरेर मधेस सभा गर्न लागिएको पार्टीका एक पदाधिकारीले जानकारी दिएका छन् । शुक्रवार बसेको केन्द्रीय समितिको छलफलबाट चुनावकेन्द्रित सभाहरू गर्ने निर्णय गरिएको छ । सोही क्रममा जनकपुरधाममा माघ १६ गते जनकपुरधामको तिरहुतिया गाछीमा चुनावी सभा गर्ने निर्णय भएको प्रदेश कार्यसमिति सदस्य जीवनाथ चौधरीले बताएका छन् । उनका अनुसार सभापति गगन थापासहित नेताहरू माघ ११ गते मधेस आउंदैछन् भने १२ गते उनीहरू सर्लाही पुग्नेछन् ।

सभापति थापा सर्लाही ४ मा उम्मेदवार छन् । विशेष महाधिवेशनबाट पुस ३० गते गगन थापा सभापतित्वमा नयाँ कार्यसमिति आएको थियो । उक्त कार्यसमितिका पदाधिकारीले शुक्रवार पदबहाली गर्ने कार्यक्रम रहेको छ । बैठकले केन्द्रीय समितिले भावी प्रधानमन्त्री उम्मेदवारमा सभापति थापालाई तोक्ने निर्णय समेत गरेको छ ।

Comment


Related News