२०८२ माघ १०, शनिबार १३:१५

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता हरिबोल गजुरेलसहित ७ जना नेता पार्टीबाट निष्कासित भएका छन्।

पार्टीको आधिकारिक उम्मेवार विरूद्ध बागी उम्मेदवार खडा गरी त्यसको प्रस्तावक र समर्थक बनेको भन्दै गजुरेलसहित ७ जनालाई नेकपाले निष्कासन गरेको हो।

निष्कासित नेताहरूमा गजुरेलसहित सिन्धुलीकै महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह छन्।

सिन्धुली-२ मा पार्टीले केन्द्रबाट निर्णय गरी लेखनाथ दाहाललाई उम्मेदवार बनाएको थियो।

यद्यपि सिन्धुली-२ मा हरिबोल गजुरेलसहितको समर्थनमा महेश्वर दाहालले उम्मेदवारी दर्ता गरेको थियो।

संयोजक पुष्कमल दाहाल प्रचण्ड र सह-संयोजक माधवकुमार नेपालले हरिबोललाई पत्रै पठाएर उम्मेदवारी फिर्ता गर्न भनेका थिए।

उम्मेदवारी फिर्ताका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको थियो। त्यस अवधिमा उम्मेदवारी फिर्ता नभएपछि शनिबार संयोजक प्रचण्ड र सह-संयोजक माधव नेपालले कारबाही गरिएको सूचना जारी गरेका हुन्।

दाङमा नेकपाले मेटमणि चौधरीलाई उम्मेदवार बनाएको थियो।

त्यसमा असन्तुष्ट पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले उम्मेदवारी दिएका थिए। उनलाई पनि शनिबार पार्टीबाट निस्कासन गरेको हो।

Comment


Related News

Latest News

Trending News