२०८२ माघ ११, आईतवार १३:३०
नेपाली कांग्रेसले सभापति गगन थापाको उपस्थितिमा जनकपुरधाममा गर्ने भनिएको चुनावी सभा स्थगित गरिएको छ । माघ १६ गते कांग्रेस सभापति थापाको उपस्थितिमा चुनावी सभा तय गरिएको थियो ।
निर्वाचन आयोगले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने निर्देशन दिएकाले चुनावीसभा स्थगित गरिएको कांग्रेसको मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।
यद्यपि चुनावी सभाको आगामी मिति तथा कार्यक्रम तालिका समअनुकुल सार्वजनिक गरिने उनले बताए ।



