२०८२ माघ ११, आईतवार १९:११

राष्ट्रियसभा सदस्यका लागि आइतबार भएको निर्वाचनमा एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन् ।

आइतबार सातै प्रदेशमा १८ पदका लागि भएकाको मतदानका एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारहरु बिजयी भएका हुन् । कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको थियो । निर्वाचनपछि एमालेका सोम पोर्तेल र रोशनी मेचे विजयी हुनुभएको छ ।

त्यस्तै मधेशमा महिला क्लस्टरतर्फ एमालेकी उम्मेदवार रेखा झा, अल्पसंख्यक क्लस्टरमा कांग्रेसका रंजित कर्ण, दलित क्लस्टरमा कांग्रेसका धर्मेन्द्र पासवान र अन्यतर्फ महन्थ ठाकुर बिजयी हुनुभएको छ ।

त्यस्तै बागमती प्रदेशबाट महिला क्लस्टरमा कांग्रेसकी गिता देवकोटा र अन्य क्लस्टरमा उम्मेदवार बन्नुभएका एमालेका डा. प्रेम प्रसाद दंगाल विजयी हुनुभएको छ ।

राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीबाट अन्यमा कांग्रेसका जगत तिमिल्सिना र महिलामा एमालेकी सम्झना देवकोटा विजयी हुनुभएको छ ।

त्यस्तै लुम्विनीबाट एमालेकी रामकुमारी झाँक्री महिला कोटाबाट, अपांगता कोटामा कांग्रेसका बासुदेव घिमिरे र अन्य समूहको कोटामा काग्रेसकै चन्द्रबहादुर केसी विजयी हुनुभएको छ ।

त्यस्तै कर्णालीबाट अन्य कलस्टरबाट उम्मेदवार बनेका कांग्रेसका ललितजंग शाही र महिलातर्फ उम्मेदवार रहेकी एमालेकी मिनासिं रखाल निर्वाचित हुनुभएको छ ।

त्यस्तै सुदूरपश्चिमबाट महिलातर्फ एमालेकी उम्मेदवार लीला भण्डारी र खुल्लातर्फ कांग्रेसका खम्मबहादुर खाती बिजयी हुनुभएको छ ।

राष्ट्रियसभा निर्वाचन सातै प्रदेशमा गरी ९५ दशमलव ६८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । सातै प्रदेशमा कुल २०११ मतदाता रहेकामा १९२४ मत खसेको थियो ।

Comment


Related News

Latest News

Trending News