२०८२ माघ १२, सोमबार ०७:५०

माघ १६ जनकपुरधाममा आयोजना गरिने कांग्रेसको चुनावी सभा मिति सारेर अब फागुन ७ गते गर्ने निर्णय गरिएको छ ।

शनिवार विशेष कारणवश माघ १६ गते गरिने भनिएको चुनावी सभा स्थगित गरिएको भनी निर्णय केन्द्रिय कार्यसमितिले गरेको थियो । आइतवार केन्द्रिय कार्यसमितिको अर्को बैठकबाट प्रजातन्त्र दिवसको अवसरमा सभा गरिने निर्णय गरिएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।

‘त्याग र समर्पणको पवित्र भूमि– शहीद नगरी जनकपुरधाममा ऐतिहासिक आमसभा, नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापालगायत केन्द्रीय नेताहरूबाट सम्बोधन हुने विशेष आमसभा प्रजातन्त्र दिवस फागुन ७ गते तय गरिएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

Comment


Related News