२०८२ माघ १२, सोमबार ०८:५३

सर्लाही प्रहरीले २१ वर्षदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कबिलासी नगरपालिका ७ का ४४ वर्षीय विल्टु महतो छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार महतोविरुद्ध १ वैशाख २०६१ मा डकैती मुद्दा दायर भएदेखि उनी फरार थिए।

रामअशिष महतोको जाहेरीको आधारमा जिल्ला अदालत सर्लाहीले उनलाई ६ वर्ष कैद र दुई लाख ७९ हजार ६ सय जरिवाना हुने फैसला गरेको थियो।

खोजतलासको क्रममा माघ १० गते उनलाई सर्लाहीकै हरिवन नगरपालिका ५ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

लामो समयदेखि लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको र कानुनी प्रकृया पूरा गरि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

Comment


Related News

Latest News

Trending News