२०८२ माघ १३, मंगलवार ०८:०१

रौतहटको परोहा नगरपालिका–१ स्थित रामपुरखाप गाउँमा सरस्वती पूजाको मूर्ति विसर्जनका क्रममा उत्पन्न तनावलाई लिएर जिल्ला प्रशासन कार्यालय रौतहटले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रशासनले समुदायबीच मनमुटाव बढाउने खालका गतिविधि भएको उल्लेख गर्दै सामाजिक सद्भाव जोगाउन सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ । सोमबार अपरान्ह मूर्ति विसर्जनका लागि अघि बढिरहेको समूहलाई लक्षित गरी ढुंगा प्रहार भएपछि स्थिति केही बेर तनावग्रस्त बनेको थियो । उक्त घटनामा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन् ।

अवस्था नियन्त्रणमा लिन प्रहरीले ६८ राउण्ड अश्रुग्यास प्रहार गरेको र घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनापछि सम्भावित थप विवाद रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको उल्लेख्य संख्यामा परिचालन गरिएको छ । हाल रामपुरखाप तथा आसपासका क्षेत्रमा बाक्लो सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News