२०८२ माघ १३, मंगलवार ११:०६

नेपाली कांग्रेसले आउँदो फागुन २१ मा हुने चुनावमा केन्द्रित हुन ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेको छ ।

परिपत्रमा गएको पुस अन्तिम हप्ता काठमाण्डौमा भएको दोस्रो विशेष महाधिवेशनमा सहभागी भएका तथा नभएका, सहमत या असंतुष्ट सबैलाई चुनावमा केन्द्रित हुन भनिएको छ ।

परिपत्रमा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेको हस्ताक्षर रहेको छ । पछिल्लो परिस्थितिमा पार्टीलाई अघि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा समेतको साथ रहने विश्वास गरिएको उल्लेख छ ।

दोस्रो विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति चयन हुनुभएको थियो । तर अहिले पनि कांग्रेसको देउवा पक्षले विशेष महाधिवेशनलाई औपचारिक रूपमा स्वीकार गरिसकेको छैन । निर्वाचन आयोगले थापा पक्षलाई आधिकारीकता दिएको थियो ।

 

Comment


Related News

Latest News

Trending News