२०८२ माघ १३, मंगलवार १८:०९
निर्वाचन आयोगले आचारसंहिता अनुगमन अधिकृतका रूपमा प्रत्येक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई जिम्मेवारी प्रदान गरेको छ । यस्तै प्रमुख कोष नियन्त्रकहरूलाई सो जिम्मेवारी दिइएको छ ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिताको कार्यान्वयनका लागि कार्यसर्तहरु समेत तोकी अधिकृतको जिम्मेवारी दिइएको हो ।
अनुगमन अधिकृतको रूपमा काम गर्दा ‘निर्वाचन आयोग नेपाल, निर्वाचन आचारसंहिता अनुगमन अधिकृत प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२’ ब्यहोराको छाप प्रयोग गर्न पनि अनुरोध गरिएको आयोगका कानून अधिकृत मोहनराज जोशीले बताए ।


