२०८२ माघ १४, बुधबार ०८:२४

नेपाली कांग्रेस धनुषा क्षेत्र नम्बर–३ ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै व्यापक स्तरमा चुनावी अभियान शुरु गरेको छ ।

कांग्रेसले प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रामसरोज यादवको संयोजकत्वमा ५ हजार १८४ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ । पार्टीका अनुसार मतदातासम्म प्रभावकारी रूपमा पुग्न र संगठनलाई बलियो बनाउन ठूलो संख्यामा समिति बनाइएको छ । यस निर्वाचन क्षेत्रमा कांग्रेसले पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधिलाई उम्मेदवारका रूपमा अघि बढाएको छ ।

प्रचार समितिले घरदैलो कार्यक्रम, आमसभा, टोलभेला तथा विभिन्न जनसम्पर्क कार्यक्रममार्फत मतदाता आकर्षित गर्ने योजना बनाएको जनाएको छ । यसका साथै स्थानीय तहसम्म संगठन विस्तार र कार्यकर्ता परिचालनलाई प्राथमिकतामा राखिएको छ । पार्टी नेतृत्वले धनुषा–३ मा यसपटक कांग्रेसको जित सुनिश्चित गर्न सबै तहका नेता कार्यकर्तालाई एकताबद्ध भएर लाग्न आग्रह गरेको छ ।

आगामी दिनमा प्रचार अभियानलाई थप सशक्त बनाउँदै लैजाने तयारी रहेको कांग्रेस धनुषाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News