२०८२ माघ १५, बिहीबार १२:१८
आज सुनको भाउ तोलाको ३ लाख ३९ हजार रुपैयाँ नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ ।
हिजो सुनको भाउ तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ थियो ।
आज एकैदिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेको हो ।
यसैगरी, चाँदीको भाउ तोलाको सात हजार ५ सय ५ रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ तोलामा २ सय ५ रुपैयाँ बढेको हो । केही दिनयता सुनचाँदीको भाउ निरन्तर बढिरहेको छ ।


