२०८२ माघ १५, बिहीबार १५:५३

मधेस प्रदेश सरकारले माघ १८ गते आइतबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

रविदास जयन्ती (माघ पूर्णिमा)का अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकर प्रसाद पालले जानकारी दिएका छन्।

दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ रविदास जयन्ती मनाउने गरेका छन्।

रविदास जयन्ती मनाउने समुदायको सम्मानस्वरुप सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता पालले जनाएका छन्।

Comment

Related News

Latest News

Trending News