नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोष जनकपुरधामको संयुक्त आयोजनामा हुने भनिएको ‘ मधेश प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ अब माघ २५ गतेदेखि हुने भएको छ ।
यसअघि माघ १६ गतेदेखि शुरु हुने तय भएको प्रदर्शनी अब माघ २५ गतेदेखि मैथिली विकास कोषको भवनमा आयोजना गरिने आयोजक संस्थाले जनाएको छ ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले आवश्यक तयारी, प्रविधिक व्यवस्थापन तथा प्रदर्शनीस्थलको समुचित व्यवस्थापनका कारण कार्यक्रमको मिति सार्नुपरेको बताए । उनले मधेश प्रदेशका कलाकारहरूको सिर्जनालाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको उल्लेख गर्दै सबै कलाकार, कला प्रेमी तथा सरोकारवालालाई नयाँ मितिमा सहभागिता जनाउन आग्रह गरे ।
यस प्रदर्शनीमा मधेश प्रदेशका विभिन्न जिल्लाका कलाकार हरूको चित्रकला, मूर्तिकला, हस्तकला तथा समसामयिक कला कृतिहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ ।


