२०८२ माघ १७, शनिबार ०८:०६

फागुन २१ हुने प्रतिनिधि सभाको निर्वाचनका लागि धनुषा–२ मा ३४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

मुख्य पाँच दल मध्ये दुई पुरानासहित दुई नयाँ उम्मेदवार प्रतिस्पर्धी चुनावी मैदानमा छन् । नेकपा एमालेबाट उमाशंकर अरगरिया, नेपाली कम्युनिष्ट पार्टीका रामचन्द्र झा, नेपाली कांग्रेसका दिनेश प्रसाद परसैला यादव, जसपा नेपालका पशुपति यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रामविनोद यादव उम्मेदवार छन् ।

यी पाँचै उम्मेदवारबीच प्रतिस्पर्धा रहने आंकलन छ । सो क्षेत्रमा नेपाली कांग्रेसको मजबूत संगठन छ भने रास्वपाको बालेन सेन्टिमेंटको लहर छ । रास्वपाले बालेनलाई प्रधानमन्त्री बनाउने गरेको घोषणाको असर सो क्षेत्रमा पनि परेको देखिन्छ । सो क्षेत्रका युवा र किसान तथा मजदूर वर्गका मतदाताहरु पुरानालाई परिवर्तन नयाँ अनुहार ल्याउनुपर्ने भनी रास्वपाको समर्थन गर्दैछन् ।

अधिकांश रास्वपातर्फ आकर्षित यस्तै एमाले पनि सांगठनिक रुपमा मजबूत छन भने २०७९ को चुनावको परिणामले पुष्टि गर्छ । २०७९ मा कांग्रेसका यादवले १५७ मतको झिनो अन्तरले एमालेका उम्मेदवार अरगरियालाई पराजित गरेका थिए । यादव २० हजार ११२ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी अरगरियाले १९ हजार ९५५ मत पाएका थिए ।

तेस्रोमा तत्कालीन नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामचन्द्र झा १३ हजार ६०५, जसपा नेपालका आनन्द यादव १२ हजार ९०१ र जनमतका जयनारायण साहले ९ हजार ९९२ मत ल्याएका थिए । यस पटक झा नेकपाबाट उम्मेदवार छन् । २०७४ मा अरगरियाले संघीय समाजवादी फोरमबाट ३२ हजार ४४ मत ल्याएर जित निकालेका थिए ।

दोस्रोमा तत्कालीन नेकपा माओवादी केन्द्रका रामचन्द्र झाले १८ हजार ७१५ मत पाएका थिए भने तेस्रोमा कांग्रेसका रामकृष्ण यादवले १५ हजार ४४२ मत पाएका थिए । रामचन्द्र झा र अरगरिया पुराना प्रतिस्पर्धी हुन् । यद्यपि, यी दुई अनुहारले विगतमा दलबदल गर्ने गरेको देखिन्छ । २०७९ को चुनावको मुखमा अरगरिया जसपा छाडेर एमालेमा गई टिकट लिएर चुनाव लडेका थिए ।

कांग्रेसका उम्मेदवार प्रसैला दोस्रो संविधानसभामा तत्कालीन धनुषा–१ बाट प्रत्यक्ष जितेका थिए । धनुषा–२ मा ७ पालिकाका ४४ वडा पर्छन् । कमला नगरपालिकाका ९, शहीदनगर नगरपालिकाका ९, जनकनन्दनी गाउँपालिकाका ६ र औरही गाउँपालिकाका ६ वटा वडा यस क्षेत्रमा पर्छन् ।

Comment


Related News

Latest News

Trending News