वीरगञ्ज भन्सार कार्यालय हुँदै चालु आर्थिक वर्षको ६ महिनामा १८ अर्ब १५ करोड रुपैयाँ बराबरका गाडीहरु तथा पार्टपुर्जा आयात भएको छ । कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गएको वर्षको तुलनामा गाडीको आयात ह्वात्तै बढेको बताउनुभयो ।
चालु आर्थिक वर्षको ६ महिनामा गाडी आयातबाट मात्रै १३ अर्ब ९८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । जबकी गएको आर्थिक वर्षको त्यही अवधिमा १२ अर्ब ७७ करोड रुपैयाँको गाडी भित्रिदा १० अर्ब २१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ९३ करोड रुपैयाँका ४ सय ३४ वटा जीप, कार र भ्यान आयात भएका छन् । त्यसैगरी चार अर्ब ५६ करोड मूूल्यका ३२ हजार ३ सय ३१ वटा मोटरसाइकल अन एसेम्बल्ड आयात भएको छ । १ अर्ब छ करोड मूल्य पर्ने ३ सय ८० वटा ट्रक, मिनी ट्रक आयात भएको छ ।
त्यसैगरी १ अर्ब २३ करोड मूल्य पर्ने १० हजार ७ सय ९७ वटा ट्याक्टर तथा ट्रिलर आयात भएको छ । १ अर्ब ३६ करोड मूल्य पर्ने ४ सय ५६ वटा विद्युतीय जीप, कार र भ्यानहरु आयात भएको छ ।


