२०८२ माघ १८, आईतवार ०७:५५

दुधमति निदी उत्खन्न तथा विकास कार्यको काम औपचारिक रुपमा शुरु गरिएको छ । मधेश प्रदेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्रालय अन्तर्गत दुधमति नदीको उकास विकास कार्यक्रम अन्तर्गत सो नदीको सौन्दर्यकरण तथा सिचाईका लागि शनिवार एक कार्यक्रमका बीच कार्य शुभारम्भ गरिएको हो ।

नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री शेषनारायण यादवको उपस्थितिमा सो नदीको सौन्दर्यकरणको कार्य पूजापाठ गरी शुभारम्भ गरिएको हो । यादव मन्त्री रहेको बेलामा अथक प्रयासपछि दुधमति नदीको सौन्दर्यकरण तथा विकासका लागि विधिवतमा प्रक्रिया थालेका थिए ।

प्रदेशकै गौरवको आयोजना रहेका ती योजनाका लागि उनले मन्त्री रहेको बेला चालु आर्थिक वर्षमा प्रदेश सरकार र संघीय सरकारबाट बहुवर्षिय योजना अन्तर्गत बजेट समेत छुटयाइएको छ । एगारह करोडभन्दा बढीको लागतमा पहिलो चरणमा नदीको उत्खन्न स्थल धनुषाको महेन्द्रनगरदेखि महोत्तरीको मटिहानीसम्म नदी बहाव क्षेत्रमा माटो उत्खन्न गरिने छ ।

माटो उत्खन्नको ठेक्का काठमाण्डूस्थित बछालदेवी जेभीले एक वर्षसम्म सम्पन्न गर्ने गरी ठेक्का पाएका छन । सो कार्य शुभारम्भ कार्यक्रममा दूधमति विकास समितिका पदाधिकारीहरु सहित मन्त्रालयका कर्मचारी र नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News