वीरगञ्ज ६ नगवामा एमाले पार्टी प्रवेश कार्यक्रममा प्रदीप यादवलाई स्थानीय युवाहरुले लखेटेका छन् । शनिवार एमालेको आयोजित पार्टी प्रवेशमा नेता यादवविरुद्ध स्थानीय युवाहरुले नाराबाजी गर्दै लखेटका हुन् ।
“केही काम नगर्ने झोले नेता मुर्दावाद” भन्दै युवाहरूले लखेटेपछि केहि समयको लागी वातावरण तनाव पुर्ण भएको थियो । मन्त्री यादव लगायत उनका समर्थकलाई सुरक्षा प्रदान गर्न स्थानिय प्रहरीलाई हम्मे हम्मे परेको थियो । एक हप्ता अगाडी रातिको समयमा वडा ११ श्रीपुरमा उनले एउटा चुनावी भेंटघाट गरिरह्दा पनि युवाले यसैगरी प्रतिरोध गरेपछि उनी त्यहाँबाट असहज परिस्थ्तिीका कारण भाग्नु परेको थियो ।
बीरगञ्जको नगवाबाट राम्रो मत ल्याएर पछिल्लो पटक निर्वाचित भएका नेता यादव आफ्नै क्षेत्रका युवाहरुबाट लखेटिनु उनको चुनावी अवस्था देखाउंछ । मधेश आन्दोलनकै लिगेसीबाट नेताका रुपमा स्थापित प्रदिप यादव एमालेमा प्रवेश गरेको आक्रोश पनि स्थानीय युवामा छन् । नगवा कै मतको कारण उनी दुइ पटक विजयी भएका हुन ।
यादव २०७४ को प्रतिनिधि सभा निर्वाचन पछि एक पटक र २०७४ को निर्वाचन पछि दुई पटक मन्त्री भए । तर, तीन पटक मन्त्री हुँदा पनि क्षेत्रको आपेक्षा अनुसार विकास र प्रतिबद्धता अनुसारको गतिविधि गर्न नसकेको गुनासो क्षेत्रमा पाइन्छ । आसन्न निर्वाचनजको लागि उम्मेदवारी मनोनयन दर्ताकै एक दिन अगाडि मध्यरातमा नेकपा एमाले प्रवेश गरेपछि यादवको दलबदलु चरित्रबाट मधेशी भावना बोकेका मतदाता आहत भए । उता एमालेका पुराना कार्यकर्ताले पनि असहज माने ।
नेता यादव मात्र होईन, विगतका सरकारमा मन्त्री रहीसकेका नेताहरुको लागि यो चुनाव असहजन नै देखिएको छ । बसन्त ऋतु आगमनसँगै पर्सामा चुनावी चलह पहल बढदै गएको छ । उम्मेदवारहरु दलबलका साथ जनताको घरदैमा पुग्न थालेका छन् । चुनावी प्रचार प्रसारमा कार्यकर्तालाई भ्याइ न भ्याइ छ ।
२०४६ को पहिलो जनआन्दोलन पछि कांग्रेसी जिल्लाको रुपमा चिनिने पर्साको हरेका चुनावमा घात अन्र्तघात र आन्तरिक गुटबन्दी उत्कर्षमा रहने गरेको छ । जेनजी आन्दोलपछि भइरहेको यसपालिको चुनावमा पर्सा कांग्रेसमा खासै सुधार नभएको व्यापक गुनासा रहेका छन । बिशेष महाअधिवेशनबाट नेतृत्व परिवर्तन भए पनि नेपाली कांग्रेसले पर्सामा पुरानै उम्मेदवारहरुलाई टिकट दिएको छ । शेखर कोइराला खेमाका अजय द्धिवेदी र राजेन्द्र बहादुर आमात्य यसपालि पनि टिकट पाउन असफल भएका छन् ।
पर्सा जिल्लाको क्षेत्र नम्बर १बाट शेरबहादुर देउवाका खास मानिने अनिल रुगंटा टिकट पाएका छन् भने क्षेत्र नम्बर २ बाट विबादित पुर्वकानुन मन्त्री अजय चौरसियाले टिकट पाएका छन् । पर्साको क्षेत्र नम्बर ३ बाट यसभन्दा पहिला चुनाव हारेका सुरेन्द्र चौधरी र ४ बाट रमेश रिजाललाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ ।चौधरी र रिजाल सातौ पटक चुनावी मैदानमा ओर्लेका छन ।
शेरबहादुर खेमाका खास मानिने केन्द्रिय सदस्यद्धय रिजाल र चौरसिया गगन थापा समुहले आयोजना गरेको बिशेष महाअधिवेशनको खुलरै बिरोध गरेका थिए । गगन थापालाई सघाउदै केन्द्रीय सदस्य समेत बनेका चौधरीको बिरोधमा अजय चौरसियाका नातेदार रामाकान्त चौरसिया राष्ट्रिय स्वतन्त्र पार्टिमा उम्मेदवारी दिएपछि राजनैतिक ध्रुवीकरणले तिब्रता बढाएको छ ।
चुनावी कोणसभामा पुर्वमन्त्री समेत रहेका सुरेन्द्र चौधरी रास्पाका उम्मेदवार ठेकेदार समेत रहेका रामाकान्त चौरसियाको बिरोधमा आक्रामक देखिएका छन । चुनावी मुलुककै आर्थिक महानगरीको रुपमा वीरगन्जका मतदाता दुइ क्षेत्रका उम्मेदवारका भाग्य निर्माता हुन । चुनावी चटारो बढेपनि जेनजी आन्दोलन पछिको चुनावमा पुराना दल वा उम्मेदवारसँग कुनै खास चुनावी एजेन्डा छैन ।
बीरगन्जलाई आर्थिक राजधानी बनाउने पुरानो सपना हो ।मुलुककै आर्थिक लाइफ लाइनको रुपमा रहेको आर्थिक महानगर तथा यहाका उधोगी व्यापारीका बिषयगत समस्याका कुरा चुनावी ऐजेन्डा बन्न सकेका छैनन । स्थानिय समस्या,भ्रष्ट्राचार भन्दा पनि उम्मेदवारहरु हिन्दु, मुस्लीम समुदायका मतदातालाई रिझाउन विभिन्न चटक दाउ लगाउदै आएका छन ।
जातिय समिकरणका कुरा र मतदाता खरिदमा जस्ता खेलहरु सुरु भएका बताइन्छ । मधेस आन्दोलन र नाकाबन्दीको बेला इपिकसेन्टरको रुपमा रहेको बीरगन्ज लगायत मध्य तराईमा मधेसी दल कमजोर देखिएका छन । त्यसमा ६ महिनाको नाकाबन्दीले थल्ला परेको बीरगन्ज पुरानो लयमा फर्किन सकेको छैन ।
कट्ट मधेसी नेता प्रदिप यादव पर्साको निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेबाट प्रदीप यादव चुनावी मैदानमा उत्रिएका छन् । यता नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर–२ बाट पूर्वमन्त्री अजयकुमार चौर सियालाई चुनाव आफ्नो पक्षमा ल्याउन ठुलो चुनौती थपिएको छ । पर्सा जिल्लाको क्षेत्र नम्बर ३ मा घर भएका चौरसियालाई आलोचकहरुले चौरसियालाई टुरिष्ट उम्मेदवारको संज्ञा दिएका छन् । क्षेत्र दुइबाट चुनाव जितेर गएपछि जनताको खासै अपेक्षा पुरा नगरेको बताइन्छ ।
विघटित प्रतिनिधि सभा सदस्य चौरसिया यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा कानुनमन्त्री थिए । त्यस बेला न्याधिस न्युक्तिदेखि अफताब आलमको मुद्दा फैसलामा आर्थिक अनिमितताको ठूलो अरोप खेप्नु परेको थियो । नेपाल सदभावना पार्टिबाट राजनिति सुरु गरेका चौरसियालाई शेरबहादुर देउवाका कार्यसमितिमा दुई पटक केन्द्रिय समेत रहिसकेका छन् । नेपाल सदभावना पार्टीबाट पराजित भएको चौरसियाको कांग्रेसमा राजनीतिमा संलग्न चौरसिया ०५१ प्रवेशसँगै नेपाली कांग्रेस, पर्सा जिल्ला कार्यसमिति सदस्य देखि अहिलेसम्म निरन्तर्ता रहेको छ ।



