आसन्न प्रतिनिधि सभाका धनुषा ४ बाट कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पार्टी प्रवेशसहित चुनावी प्रचार प्रसार अभियान तिव्र पारेका छन् ।
आइतवार धनुषाको बटेश्वरमा विभिन्न पार्टीका एक दर्जनभन्दा बढी नेता कार्यकर्तालाई नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । चुनावी प्रचार प्रसारमा रहेका नेता यादवले फुलमाला र टीका लगाई ती नेता कार्यकर्ताहरुलाई प्रवेश गराउंदै स्वागत गरेका छन् । उनले पार्टी प्रवेश कार्यक्रमसँगै जनताको घर दैलोसम्म मत माग्ने अभियानलाई तिव्र पारेका हुन् ।
यसका साथै कार्यकर्ता तथा वडा भेलालाई समेत तीव्रता दिएका छन् । आइतवार बटेश्वर गाउँपालिका वडा नम्बर १ सहित विभिन्न वडामा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेका छन् ।
वडा भेलालाई सम्बोधन गर्दै नेता यादवले भने विभिन्न आन्दोलनमा शहादत प्राप्त गरेकाहरुको बलिदानले पाएको संघीयता र लोकतन्त्र अहिले खतरा अवस्थामा रहेकाले यसको रक्षार्थ हुने गरी मतदाताहरुको घरसम्म पुगेर मत मागौं । उनले विकासको नारा दिएर नेताहरु यहाँबाट जितेर ठग्दै आएको कुरा कसैसँग लुकेको छैन ।
तर म कुनै सरकारी पदमा नरहेपनि यस क्षेत्रका लागि कृषितर्फ सिचाईसहित दुधमति नदीको सौन्दर्यकरण तथा विकासको योजना सँगै सडक लगायतका अन्य विकासमा काम गरेको छु भन्ने कुरा मतदाताहरुलाई बुझाउन जरुरी रहेको बताए ।
नेता यादवले भने मतदाता सोझासाझा छन् । तर नेताहरु चलाख छन् । कहिले कुनै विकासको काम यस क्षेत्रमा नगरेपनि दर्जनौ विकासको काम गरेको भनी प्रचार प्रसार गर्ने गरेकाले आफूले गरेको काम जनतालाई बेला अहिले आएको छ



