२०८२ माघ १९, सोमबार ०८:०८

काठमाण्डु विश्वविद्यालय अन्तर्गत शिक्षा शास्त्र संकाय, भाषा शिक्षण विभागले मैथिली भाषा शिक्षणमा उत्तर–स्नातकबारे सरोकारवालाहरुसंग परामर्श कार्यक्रम सम्पन्न भएको छ ।

जनकपुरधाममा आइतबार काठमाण्डु विश्वविद्यालयले मैथिली भाषा शिक्षणमा उत्तर–स्नातकबारे सरोकारवालाहरुसंग भएको छलफलको क्रममा डा. भोगेन्द्र झाले मैथिली भाषाको माध्यमबाट शिक्षणतर्फ उत्तर–स्नातक सञ्चालन गरेकोमा प्रशंसा गरे । डा. झाले मैथिली भाषाको आफ् नो लिपी रहे पनि यसको संरक्षणतर्फ गम्भीर नभएको बताए ।

उनले मैथिली भाषा मुलुकमा नेपाली भाषापछि सबैभन्दा धेरै बोलिने भाषाको रुपमा दोश्रो स्थानमा रहे पनि राज्यको उदासिनताका कारण ओझेलमा पार्ने कार्यप्रति गम्भीर हुनुपर्नेमा जोड दिए । त्यस्तै मैथिली भाषाविद् परमेश्वर कापडिले काठमाण्डु विश्वविद्यालयले मैथिली भाषाप्रति लिएको अग्रसरताप्रति आभार व्यक्त गरे ।

उनले भाषा सबैको मानक रहेको भन्दै मातृभाषासहित सबै भाषालाई अघि बढाउनुपर्ने बताए । मैथिली विकास कोषको समन्वयमा भएको उक्त छलफल कार्यक्रममा काठमाण्डु विश्वविद्यालय अन्तर्गत रहेको भाषा शिक्षण संकायका सदस्य अजितमान तामांगले मैथिली भाषा किन, केका लागि र कसरी पढाइने भन्ने बारेमा पनि बृहत्त अध्ययन तथा अध्यापन हुने उनले बताए ।

यससंगै मातृभाषाको संरक्षण र मैथिली समुदायको बोलीचालीतर्फको विशेष ध्यान दिने हुनाले यसमाथि पनि अध्ययन तथा अनुसन्धानमा जोड उनको भनाइ छ । त्यस्तै शिक्षण संकायतर्फका व्यवस्थापक शिवनाथ मैनालीले मैथिली भाषा दुई वर्षको कोर्ष हुने जानकारी दिए । उनले अरु सबैले सबैको भाषा बुझ्न पाउनु पर्ने भएकाले आफ्नो भाषाको बारेमा पनि जान्न बुझ्न र अध्ययन तथा अनुसन्धानका लागि पनि मैथिली भाषाको अध्ययन आवश्यक रहेको बताए ।

उक्त कार्यक्रममा काठमाण्डु विश्वविद्यालयका हिरालाल कापर, कोषका अध्यक्ष जीवनाथ चौधरी, मिथिला नाट्य कला परिषद्का अध्यक्ष सुनिल मल्लिक, शैलेन्द्र मल्लिक, नित्यानन्द मण्डल, मन्दाकिनी कर्णलगायतकाले बोलेका थिए । सो कार्यक्रमको सहजकर्ता काठमाण्डु विश्वविद्यालय अन्तर्गत मैथिली भाषाका फोकल पर्सन धीरेन्द्र प्रेमर्षिले गरेका थिए ।

Comment


Related News

Latest News

Trending News