२०८२ माघ २०, मंगलवार ०७:३३

निर्वाचन आयोगले समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवारको नाम हटाएको छ ।

नाम हटाउने ७६ जना मध्ये ३५ जना मधेशकै उम्मेदवारहरु रहेका छन् । आयोगले सोमबार विज्ञप्ति जारी गरेर राजनीतिक दलहरूबाट पेस भएका उम्मेदवारको बन्दसूचीका सम्बन्धमा पर्न आएका उजुरी, प्रचलित कानुन बमोजिम तोकिएको उम्मेदवारको योग्यता र अयोग्यता सम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय एवं राजनीतिक दलबाट प्राप्त जानकारी समेतका आधारमा उम्मेदवारहरूको नाम बन्द सूचीबाट हटाइएको जनाएको छ ।

यी मध्ये मधेश प्रदेशका ३५ जनामा सबभन्दा बढी सर्लाही जिल्लाका ११ जना रहेका छन् । यस्तै धनुषाबाट ५, सप्तरी महोत्तरीबाट ३/३ जना, सिरहा, रौतहट र पर्साबाट ४/४ जना रहेका छन् । निर्वाचन आयोगका अनुसार यी मध्ये अधिकांश कर्जा सूचनाको कालो सूचीमा रहेका व्यक्तिहरु हुन ।

Comment


Related News

Latest News

Trending News