२०८२ माघ २०, मंगलवार ०७:५२

जिल्ला प्रशासन कार्यालय सर्लाहीले आमाको नामबाट नागरिकता वितरण गर्न सुरु गरेको छ । सोमबार लालबन्दी नगरपालिका–७, का राम मनोहर गुप्तालाई जिल्लामै पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान गरिएको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले हस्ताक्षर गरेर गुप्तालाई आमाको नामबाट अङ्गीकृत नागरिकता प्रदान गरेका हुन् । गुप्ताकी आमा रामकुमारी साहले भारत बिहारका महेन्द्रप्रसाद गुप्तासँग विवाह गरेकी थिईन् ।

नेपाल नागरिकता ऐन, २०६३ दोस्रो संशोधन र नागरिकता नियमावली, २०६३ चौंथो संशोधनको आधारमा बाबु विदेशी र आमा नेपाली भएकाले गुप्तालाई आमाकै नामबाट अङ्गीकृत नागरिकता वितरण गरिएको हो । आवश्यक प्रक्रिया र कागजात पुगेकाहरुले अब यसैगरी सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा आएर आमाको नामबाट नागरिकता बनाउन सक्ने प्रमुख जिल्ला अधिकारी कडरियाले बताए ।

उनका अनुसार लालबन्दी ७ का गुप्ताले जिल्लामै पहिलो पटक आमाको नामबाट नागरिकता माग गर्दै निवेदन दिएका र वडा कार्यालय, स्थानीय प्रहरीलगायतबाट सबै प्रक्रिया पुरा गराइ नागरिकता उपलब्ध गराइएको हो ।

इलाका प्रशासन कार्यालय हरिवन र बरहथवाबाट समेत नियमित नागरिकता प्रदान हुने गरेको भए पनि अङ्गीकृत नागरिकतामा प्रमुख जिल्ला अधिकारीको मात्र हस्ताक्षर हुने कानूनी व्यवस्था रहे अुनसार जिल्लामा आमाको नामबाट नागरिकता लिने व्यक्ति जिल्ला प्रशासन कार्यालयमै आउनुपर्ने प्रमुख जिल्ला अधिकारी कडरियाको भनाइ छ ।

नागरिकता नियमावलीमा आमाको नामबाट नागरिकता प्राप्त गर्न अपनाउनुपर्ने प्रक्रियाबारे जिल्लाका २० वटै पालिकामा परिपत्र गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।c

Comment


Related News

Latest News

Trending News