२०८२ माघ २०, मंगलवार ११:५६

दुई दिन लगातार घटेको सुनको भाउ आज बढेको छ ।

आज सुन तोलामा ३ हजार ७ सय रुपैयाँले बढेर तोलाको २ लाख ९० हजार ३ सय रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो सुन तोलामा १३ हजार ४ सय रुपैयाँले घटेर तोलाको २ लाख ८६ हजार ६ सय रुपैयाँमा झरेको थियो । त्यस्तै अस्ति आइतवार सुन तोलामा १८ हजार ८ सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ ।

चाँदी आज तोलामा एक सय ३५ रुपैयाँ बढेर तोलाको ५ हजार ३ सय ३५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा ५ हजार २ सय रुपैयाँ रहेको थियो ।

Comment


Related News

Latest News

Trending News