२०८२ माघ २०, मंगलवार १७:५८

बिरामीबाट संकलन भएको राजस्व सरकारी खातामा जम्मा नगरी व्यक्तिगत लाभ लिएको अभियोगमा प्रादेशिक अस्पताल सिरहाका २ पूर्वप्रमुखसहित १० जनामाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

बिलिङ काउन्डरमा कार्यरत कर्मचारीको समेत मिलेमतोमा ३८ लाख रूपैयाँभन्दा बढी राजस्व हिनामिना गरिएको अख्तियारले जनाएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा अस्पतालका विभिन्न ८ वटा काउन्टरबाट कुल ३ करोड ८७ लाख ६६ हजार ९ सय ७४ रूपैयाँ ८३ पैसा संकलन हुनुपर्नेमा अस्पतालको अभिलेखमा ३ करोड ४८ लाख ८९ हजार २५० रूपैयाँ मात्र दाखिला भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बाँकी ३८ लाख ७७ हजार ७ सय २४ रूपैयाँ मिलेमतो गरी हिनामिना गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।

विशेष अदालतमा दायर मुद्दामा तत्कालीन मेसु डा. नागेन्द्रप्रसाद यादव, डा. सरोज यादव, प्रशासन प्रमुख अशोककुमार सिंह, लेखा प्रमुख अशोककुमार यादव, अहेव श्यामकुमार मण्डल, सहायक कम्प्युटर अपरेटरहरू पूजाकुमारी यादव, सरस्वतीकुमारी यादव, रोशनकुमार यादव, अजयकुमार मण्डल र लेखा प्रमुख मृतक मुस्कानकुमारी मण्डललाई प्रतिवादी बनाइएको छ ।

अस्पतालको बिलिङ सफ्टवेयरमा आम्दानी भएको रकम देखिए पनि बैंक भौचरमा सोही बमोजिमको रकम जम्मा गरिएको नभेटिएको आयोगले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News